काठमाडौं उपत्यकाको मध्यसहरमा बग्ने टुकुचा खोला व्यवस्थित गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौं उपत्यकाको मध्यसहरमा बग्ने टुकुचा खोला व्यवस्थित गरिने

 काठमाडौं, २९ असार । सरकारले काठमाडौं उपत्यकाको मध्य सहरमा बग्ने टुकुचा खोला व्यवस्थित गर्ने भएको छ। सोमबार काठमाडौंको बागबजार स्थित टुकुचा खोलाको स्थलगत अवलोकन गर्दै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मन्त्रालयको ट्रिटमेन्ट प्लान अनुसार टुकुचा खोलाको व्यवस्थापन गरिने बताउनुभयो ।

उहाँले आगामी आर्थिक वर्षमा टुकुचा खोलाको व्यवस्थापनका लागि २० करोड रुपैयाँ बजेट छुट्याइएकाले छिट्टै कामलाई अगाडि बढाइने उल्लेख गर्नुभयो । अधिकार सम्पन्न एकीकृत बागमती आयोजनाका प्रमुख लिलाप्रसाद ढकालले टुकुचा खोलाको दायाँ र बाँयाँ ढल निकास गर्ने र खोलामा शुद्ध पानी मात्र बगाउने योजना अनुसार एसियाली विकास बैंकसँग मिलेर काम गरिने बताउनुभयो ।

टुकुचा खोलाको व्यवस्थापन हुने भएपछि स्थानीयहरु पनि उत्साहित भएका छन् । खोलामा बढ्दै गएको प्रदुषणलाई कम गर्ने र सफा पानी बगाउने भएकाले आफुहरुले पनि सहयोग गर्ने स्थानीयले बताएका छन् । सुन्दर सहरका लागि टुकुचाको व्यवस्थापन अनिवार्य भएकोले दीर्घकालिन योजना सहति काम गरिरहेको एकीकृत बागमती अयोजनाले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);