कञ्चनपुर भन्सार कार्यालयद्धारा ५३ प्रतिशत राजस्व संकलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

कञ्चनपुर भन्सार कार्यालयद्धारा ५३ प्रतिशत राजस्व संकलन

काठमाडौं, ३० असार । देशकै पश्चिमी नाका गड्डाचौकीस्थित कञ्चनपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षमा लक्ष्यको ५३ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।

कञ्चनपुर भन्सार कार्यालयकोे तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७६/२०७७ मा ४८ करोड ६८ लाखको लक्ष्य भएपनि २५ करोड ८४ लाख ३७ हजार मात्र राजस्व संकलन गरेको हो।

लकडाउनका कारण कञ्चनपुर भन्सार कार्यालय चैत्र ९ गतेदेखि जेठ ३० गतेसम्म पूर्णरुपमा बन्द रहेको थियो । असार १ गतेबाट भन्सार कार्यालय खुलेको हो । कञ्चनपुर भन्सार कार्यालयले आर्थिक वर्ष ०७३/०७४ मा २४ करोड, ४६ लाख, ६९ हजार राजस्व संकलन गरेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७४/०७५ वर्षमा ३२ करोड, ५४ लाख, ६३ हजार राजस्व संकलन गरेको थियो । कञ्चनपुर भन्सार कार्यालयले दुई वर्ष यता लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);