सलहले अन्नवालीमा क्षति पु¥याएपछि जाजरकोटका कृषक मर्कामा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सलहले अन्नवालीमा क्षति पु¥याएपछि जाजरकोटका कृषक मर्कामा

लोकेन्द्र विक्रम शाही

जाजरकोट, ३० असार । लगातार बर्षाका कारण बाढीपहिरोले जनधनको समस्याबाट पीडित जाजरकोटवासीलाई अहिले सलहको प्रकोप थपिएको छ । ठूलो झूण्डमा आएको सलहले अन्नवालीमा क्षति पु¥याएपछि कृषकहरुलाई ठूलो संकट परेको हो । सलहकीराले जाजरकोटका नलगाड, भेरी, छेडागाड, नगरपालिका वारेकोट, कुशे, जुनीचादे, शिवालय गाउँपालिकाका सवै स्थानीय तहमा अन्न वाली मकै, कोदो,लगाएत तरकारी वाली सवैमा क्षति पु¥याएको छ ।

भारतवाट नेपालको दाङहुदै प्रवेश गरेको सलह कीराका कारण यतीवेला जाजरकोटका किसान थप पीडामा टन् । केही दिन अगाडी भेरी नगरपालिका र कुशे गाउपालिकामा फाटफुट मात्रामा भेटिएको सलह कीरा यती वेला भने नलगाड नगरपालिका र वारेकोट गाउँपालिकामा ठूलो झुण्डमा देखिएका छन् । सलहले अन्न वाली र तरकारी सवैमा ठुलो क्षति पु¥याएपछि कृषकहरु मर्कामा परेका छ ।

जाजरकोटमा सलह कीरा प्रवेश गर्नसक्ने सम्भावनालाई हेरी विभिन्न स्थानीय तहहरुले कृषकहरुलाई पुर्व सर्तकता अपनाउनुका लागि सचेत गराएको थियो । अहिले पनि सलहलाई भगाउन अन्नवाली नजीकै आगोवाल्ने, धँुवा उडाउने, वाजा बजाउने, मादल वजाउने लगायतका गतिविधि गर्न नलगाड नगरपालिकाले विभिन्न सूचनाहरु मार्फत जनचेतना फैलाइरहेको छ ।

मानिसले खाने सवै अन्नवाली र तरकारीवाली सलह कीराले नष्ट गरेपछी ठुलो भोकमारी आउने र वाच्ननै कठीन हुने चिन्ताले जाजरकोटका कृषकहरुलाई पिरोलीरहेकोछ । यस्तो समयमा किसानहरुको राहतका लागि सरकारले ठोस पहल ल्याउन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);