बन्दाबन्दी अवधिको मासिक २५ हजार रकम उपलब्ध गराउन व्यवसायीको माग | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बन्दाबन्दी अवधिको मासिक २५ हजार रकम उपलब्ध गराउन व्यवसायीको माग

nai pradarshan

काठमाडौं, ३० असार । प्रत्येक नाईं श्रमिकलाई बन्दाबन्दी अवधिभर प्रतिमहिना २५ हजारका दरले रकम उपलब्ध गराउनु पर्ने मागसहित व्यवसायीहरु आन्दोलित भएका छन् । बन्दाबन्दीका कारण व्यापार व्यवसाय बन्द गर्नु परेकाले बन्दाबन्दी अवधिको प्रतिमहिना २५ हजारका दरले रकम दिनुपर्ने माग व्यवसायीहरुले राखेका हुन् ।

नेपाल नाई ट्रेड युनियनले मंगलबार माइतीघरमा आफ्नो समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेको छ । तत्काल सम्पूर्ण श्रमिकहरुलाई राहतको व्यवस्था गर्नुपर्ने, बन्दाबन्दी अवधिको बैंक ब्याज मिनाहा गर्नुपर्ने र सपल तथा कोठा भाडा पूर्ण रुपमा मिनाहा गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन ।

ट्रेड युनियनका अध्यक्ष गजेन्द्र ठाकुरले तत्काल सैलुन र पार्लर खोल्न दिनुपर्ने, लक डाउन अवधिमा प्रतिमहिना २५ हजारका दरले दिनुपर्ने, निःशूल्क देशभरीका श्रमिकहरुलाई पीपीई सेट उपलब्ध गराउनुपर्ने र ५० लाख बराबरको जीवन विमाको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

सरकारले लक डाउनको समय बढाउँदै लगेपछि घर जान पनि नपाएको र व्यवसायम समेत सञ्चालन गर्न नसक्दा समस्या भएको ठाकुरले बतानुभयो । स्थानीय सरकारहरुले राहत वितरण गरेपनि मतदाता परिचयपत्र साथमा नभएका कारण आफुहरुले पाउन नसकेको उहाँले बताउनुभयो ।

ठाकुरले पटक पटक सरकारलाई आफ्ना समस्या सुनाउँदा पनि सम्बोधन नभएको गुनासो गर्नुभयो । १० अर्ब भन्दा बढी रकम रकारले खर्च गरेको बताएपनि आफुहरुले १० रुपैयाँको राहत समेत नपाएको उहाँले बताउनुभयो । आफ्ना मागहरु पुरा नगरे देशव्यापी रुपमा सशक्त आन्दोलन गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);