बजेटमा कांग्रेसको १४ बुँदे असहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बजेटमा कांग्रेसको १४ बुँदे असहमति

nepali congress

काठमाडौं, १६ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले ल्याएको बजेटमा ६५ वर्ष पुगेका वृद्धवृद्धालाई भत्ता दिने निर्णय कार्यान्वयन नगरेकोमा आपत्ति जनाएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ६५ वर्ष उमेर पुगेका वृद्धवृद्धाहरुलाई भत्ता दिने निर्णय बजेटमा समावेश नगरिएकोमा आपत्ति जनाएका हुन् ।

काँग्रेसले मृगौला, क्यान्सर र स्पाईनल कर्ड इन्जुरी भई प्यारालाइसिस भएका विरामीलाई ५ हजारका दरले प्रतिमहिना जीविकोपार्जन भत्ता उपलब्ध गराउने देउवा नेतृत्वको सरकारको निर्णय पनि बजेटमा समावेश नगरिएकोमा असहमति जनाएको छ ।

मानवीय दृष्टिले समेत उपयुक्त यी कार्यक्रमहरु बजेटमा समावेश नगरिएकोमा आफ्नो पार्टीको आपत्ति रहेको प्रवक्ता शर्माले बताए । पार्टी केन्द्रिय कार्यालय सानेपामा बुधबार अपरान्ह पत्रकार सम्मेलन गरी उनले सरकारले ल्याएको बजेटमा १४ बुँदे असहमति रहेको पनि स्पष्ट पारे । प्रवक्ता शर्माले मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न पनि सरकारसँग माग गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);