चुरेबारे अध्यादेश तत्काल सच्याउन मुख्यमन्त्री राउतको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

चुरेबारे अध्यादेश तत्काल सच्याउन मुख्यमन्त्री राउतको आग्रह

lalbabu raut

काठमाडौं । प्रदेश २ सरकारद्धारा अध्यादेशमार्फत् ल्याएको बजेटमा समावेश भएको गिटी, बालुवा निकासी गर्ने कार्यक्रम तत्काल हटाउन केन्द्र सरकारलाई आग्रह गरेको छ ।

बिहीबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक विज्ञप्ति जारी गर्दे उक्त कार्यक्रम तत्काल सच्याउन केन्द्र सरकारसमक्ष आग्रह गरेका हुन् । केन्द्र सरकारले उक्त कार्यक्रम नसच्याए प्रदेश नम्बर २ ले चुरे संरक्षण तथा प्राकृतिक सम्पदा रक्षार्थ आवश्यक निर्णय लिने चेतावनी मुख्यमन्त्री राउतलेको केन्द्र सरकारलाई दिएका हुन् ।

सरकारले चुरे दोहन हुने गरी ल्याएको कार्यक्रमबारे गम्भीर ध्यानाकर्षण भएको पनि उक्त विज्ञप्तिमा उल्लेख गरिएको ।

सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे पहाड प्रदेशको रक्षा कवचको रूपमा रहेको भन्दै उनले जनता बाढीपहिरो, पानीलगायत समस्याबाट पीडित हुँदै आएको अवस्थामा चुरे दोहन हुने गरी सरकारले बजेटमा कार्यक्रम समावेश गर्नु भनेको तराईका जनतालाई मार्न खोज्नु जस्तै भएको उल्ले गरेका छन् ।

यस्तो छ मुख्यमन्त्री राउतको विज्ञप्ति :

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);