प्रदेश २ सरकारको प्रगति विवरण सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रदेश २ सरकारको प्रगति विवरण सार्वजनिक

जनकपुरधाम, ३ फागुन । प्रदेश २ सरकारले पनि सरकार गठनको एक वर्ष पुगेको अवसरमा सरकारको प्रगति विवरण सार्वजनिक गरेको छ । सरकार गठनको एक वर्ष पुगेको अवसरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकारको असहयोगका बाबजुद पनि प्रदेश नं. २ को सरकार आफ्नो भिजन पुरा गर्न तयार रहेको बताए ।

शुक्रबार प्रगति विवरण सार्वजनकि गर्दै मुख्यमन्त्री राउतले देशको परिवर्तनका लागि आफुहरु लडेकोले केन्द्र सरकारको अहयोगको बाबजुद पनि प्रदेश सरकार अगाडी बढ्ने बताए । मुख्यमन्त्री राउतले केन्द्र सरकारले ल्याएको प्रहरी सम्बन्धी विधेयकलाई प्रदेश सरकारले स्वीकार नगर्ने बताए ।

प्रगति विवरण सार्वजनिक गर्ने क्रममा मुख्यमन्त्री राउत अधिकांस समय केन्द्र सरकारमाथि खनिँदै केन्द्र सरकारको विरोध गरे । प्रदेश सरकारले एक वर्षमा ३३ वटा विधेयक प्रदेशसभामा पठाएको र त्यस मध्ये १६ वटा विधेयक प्रमाणीकरण भई कानूनको स्वरुप ग्रहण गरिसकेको मुख्यमन्त्री राउतले जानकारी दिए ।

सामाजिक रुपान्तरणका लागि प्रदेश २ सरकारले बेटी पढाऊ बेटी बचाऊ र पिछडिएका वर्गको उत्थान कार्यक्रम ल्याएको मुख्यमन्त्री राउतले उल्लेख गरे । बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत प्रदेश सरकारले २०७५ माघ १ गतेपछि जन्मिएका बालिकाको लागि छोरी शैक्षिक विमा फागुनको पहिलो हप्तादेखि औपचारीक रुपमा शुभारम्भ गर्ने तयारी गरेको छ ।

जसमा शैक्षिक विमा १ लाख बराबरको हुने राउतले जानकारी दिए । प्रदेश सरकारले मधेश आन्दोलनको क्रममा शहीद परिवारको लागि शहीद परिवार रोजगार निर्देशिका पारित गरिसकेको छ भने यसै महिनादेखि रोजगारी दिने कार्यालय तोक्ने तयारी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);