सेवाग्राहीद्वारा मालपोत कार्यालय पर्साविरुद्ध आन्दोलन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सेवाग्राहीद्वारा मालपोत कार्यालय पर्साविरुद्ध आन्दोलन सुरु

malpot-karyalaya-parsa.

महेश दास
बीरगंज, ३ फागुन
। बिना घुस कार्यालयमा काम हुन छोडेपछि पर्सा मालपोत कार्यलयविरुद्ध आन्दोलन सुरु भएको छ । मालपोत कार्यालयका कर्मचारीले घुस लिनु अधिकारजस्तै गरेपछि सेवाग्राही तथा कानुन व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

घुस नदिएसम्म कुनै काम नहुने भएपछि मालपोत कार्यालय पर्साविरुद्ध आन्दोलन सुरु भएको छ । सेवाग्राही तथा लेखापढी व्यवसायीहरुले विरोधमा शुक्रबार कार्यालयको काम ठप्प पारेका हुन् । घुस नदिदासम्म काम हुँदैन भन्ने स्थापित गर्नमा कार्यालय प्रमुख गमबहादुर विकनै संलग्न भएको र सेवाग्राही तथा कानुन व्यवसायीलाई अपमानित गर्ने गरेको भन्दै विरोध सुरु भएको हो ।

मालपोत कार्यालयका कर्मचारीले हरेक काममा घुस माग्ने गरेको र नदिए अनेक बहाना झिकेर सेवाग्राहीको काम रोक्ने गरेको बताउनुभयो । सम्पूर्ण प्रकृया पुरा गर्दा पनि घुस नदिन्दासम्म काम नहुने गरेको भन्दै सेवाग्राही पनि आन्दोलनमा छन् ।

कतिपय सेवाग्राहीहरु त घुस लिएर पनि कर्मचारीले काम नगरिदिनेगरेको गुनासो गरेका छन् । उनीहरु सेवाग्राहीको पनि पहुँच हेरेर मात्र काम हुने गरेको भन्दै मालपोत कर्मचारीको मनोमानीले हैरान भएको बताएका छन् ।

कार्यालय प्रमूख विश्वकर्माले भने कसैले पनि घुस नलिएको दावी गर्दै आफुले गलत नियत राखेर काम नगरेको दावी गरेका छन् । उनले नहुने काम लिएर आउने कानुन व्यवसायीको काम नगरिदिा उनीहरुले अफवाह फैलाएको अरोप लगाएका छन् ।

आरोप जस्तो खुलेयाम घुस नमागिएपनि हरेक काम घुसबाट मात्र सम्भव हुने गरेका छन् । नागरिकको करबाट राज्यको तलवभत्ता बुझ्ने कर्मचारीले सेवाग्राहीसँग घुस माग्नुमात्र पनि जघन्य अपराध हो । तर, यसलाई नियन्त्रण गर्नकै लागि गठित निकायको निस्कृयता र कर्मचारीमा विकास भएको अनैतिक चरित्रले घुस संस्थागन भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);