मालपोतमा सुरु भएको अनलाइन सेवा झनै झन्झटिलो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मालपोतमा सुरु भएको अनलाइन सेवा झनै झन्झटिलो

online

निशा शाह
नेपालगञ्ज, ३२ जेठ । सरकारले मालपोत कार्यालयमा सुरु गरेको अनलाइन फाराम सेवा सेवाग्राहीका लागि झनै झन्झटिलो देखिएको छ । प्रविधिमा दक्ष कर्मचारी नहुँदा सेवाग्राही एउटै कामको लागि हप्तौं धाउनु पर्ने अवस्था छ । कागजी कामलाई हटाइ अनलाइन फारम लागू भएको जिल्ला मालपोत कार्यालय बाँकेमा सेवाग्राहीले झनै धेरै दुःख पाएको गुनासो गरेका छन् ।

आर्थिक वर्ष २०७३/७४ देखि जिल्ला मालपोत कार्यालय बाँकेले कार्यालयमा अनलाइन फारम लागु गरेको हो । अनलाइन फारम लागू भएपछि सेवाग्राहीलाई सहज हुने बताइए पनि बाँकेमा भने सेवाग्राहीले थप सास्ती भोग्नु परेको छ ।

कामका लागि टाढा टाढाबाट धाएर मालपोत कार्यालय पुग्छन् । तर कर्मचारी कहिले बत्ती छैन भन्छन त कहिले कम्युटर चलेन भन्छन् । कहिले सिस्टम नचलेको भन्दै सेवाग्राहीलाई पटक पटक फर्काउने गरेका छन् ।

सेवाग्राहीले १५ दिनसम्म धाउँदा पनि काम नभएको गुनासो गर्ने गरेका छन् । प्रविधिमा दक्ष कर्मचारी नहुँदा एउटै सेवाग्राहीको रजिस्ट्रेसनका लागि पनि लामो समय कर्मचारीहरुले खर्चिने गरेका छन् ।

यति मात्र होइन, अनलाइन सिस्टमबाट काम गर्नका लागि कर्मचारीहरुले सेवाग्राहीलाई घुस माग्ने गरेको सेवाग्राही बताउँछन् । छिटो काम चाहिएको भए केहि रकम दिनुपर्ने भन्दै कर्मचारीले ठाडो रुपमा नै घुस माग्ने गरेको सेवाग्राहीको भनाई छ ।

अनलाइन फारामले सेवाग्राहीले सहज रुपमा सेवा पाउने भने पनि यो झन झन्झटिलो बनेको छ । अनलाइनको प्रक्रिया नबुझेर सेवाग्राहीहरु मालपोत कार्यालयको शाखा शाखामा अल्मलिएका छन् । कार्यालयमा भिडभाड भएपनि ठुला ठुला जग्गा कारोबारी र पहुँचवाला व्यक्तिको काम भने तुरुन्तै हुने गरेको सेवाग्राहीको बताउँछन् । मालपोत कार्यालय बाँकेका प्रमुख प्रेमबहादुर दोल्याल भने कर्मचारी अभावमा केहि असहज भएपनि सेवाग्राहीको सेवादिने विषयमा कुनैपनि अनियमितता नभएको दाबी गर्छन् ।

भुमि व्यवस्था तथा सहकारी मन्त्रालयले सबै मालपोत कार्यालयमा अनलाइन फारमको व्यवस्था गर्ने बताइरहेको छ । तर त्यस प्रक्रियालाई दक्ष प्राविधिक जनशक्तिसहित सहज बनाउन नसक्दा सेवाग्राही भने थप समस्यामा परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);