मालपोत कार्यालयद्वारा अनलाइन सेवा सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मालपोत कार्यालयद्वारा अनलाइन सेवा सञ्चालन

online

काठमाडौं, ११ भदौ । लमजुङमा मालपोत कार्यालयले सेवाग्राहीलाई सेवा दिनका लागि अनलाइन सेवा सुरु गरेको छ । आफ्नो कार्यालयमा आउने सेवाग्राहीलाई सहज, सरल एवं छिटोछरितो रूपमा सेवा प्रदान गर्न अनलाइन सेवा सञ्चालनमा ल्याएको हो ।

प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले उक्त सेवाको उद्घाटन गरेका हुन् । उनले आजको युग सूचना प्रविधिको युग भएको हुँदा सार्वजनिक सेवा पनि प्रविधिमैत्री हुनुपर्ने बताए । अनलाइन सेवामार्फत सेवाग्राहीको काम छिटोछरितो र पारदर्शी हुने उनको भनाइ छ । उनले भने– ‘अनलाइनबाट सेवा सुरु भएपछि कार्यालयमा हुने किर्ते र जालसाजीजस्ता अनियमितताका कार्यसमेत रोक्न मद्दत पुग्नेछ ।’ उनका अनुसार नागरिकले सहजै सेवा पाउँने छन्, झन्झट बेहोर्नुपर्दैन ।

कार्यालयमा पर्याप्त कर्मचारी नभए पनि भएका कर्मचारीलाई प्रभावकारी रूपमा काम गर्न अनुरोध गरे । मालपोत कार्यालयका प्रमुख गंगाबहादुर घलेले कार्यालयको सेवालाई चुस्त, दुरुस्त, पारदर्शी बनाउन अनलाइन सेवा सुरु गरिएको बताए । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);