इलामको मालपोत कार्यालयमा शुरु भएको अनलाईन प्रणाली झन्झटिलो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इलामको मालपोत कार्यालयमा शुरु भएको अनलाईन प्रणाली झन्झटिलो

टिका खतिवडा
इलाम, १९ असार । इलामको मालपोत कार्यालयमा उपभोक्ताकोे सहजीकरणका लागि अनलाईन प्रणाली शुरु गरिए पनि काममा झन् ढिलाई भएपछि सेवाग्राहीहरु मारमा परेका छन् । समयसमयमा इन्टरनेट जाने तथा दक्ष जनशक्तिको अभावले सेवाग्राहीलाई अनलाइन प्रणाली झन्झटिलो बनेको छ ।

मालपोत कार्यालय इलाममा जेठ १९ देखि अनलाईन प्रणालीबाट कार्य सञ्चालन गरियो थियो । सेवाग्राहीको सहजीकरणका लागि अनलाईन प्रणाली लागु गरिएको भएपनि यो सेवा सेवाग्राहीका लागि झन् झन्झटीलो बनेको छ ।

अनलाइन प्रणालीबाट काम हुँदा सहज तरिकाले काम होला भन्ने उपभोक्तालाई झनै सास्ती भएको छ । अनलाईन प्रणाली लागु गरिएसंगै कार्यमा ढिलासुस्ति भएको सेवाग्राही गुनासो गर्छन् ।

अनलाईन प्रणालीबाट कामको सुरुवात गरिए पनि अनलाईन र ढड्डा दुवैका तथ्यांक राख्नु परेकाले सास्ती भइरहेको छ । कार्यालयका लेखापढि व्यवसायी नारायण प्रसाद घिमिरेले प्राविधिक समस्या र सीपयुक्त जनशक्तिको कमी भएकोले सामान्य कार्यको लागि पनि धेरै समय लागेको जानकारी दिनुभयो । आवश्यक पूर्वतयारी विना अनलाइन प्रणाली ल्याइएकोले सेवाग्राहीले सास्ती भोग्नु परेको उहाँको भनाई छ ।

तर यता मालपोत कार्यालय इलामका प्रमुख केशवकुमार ढकालले भने अनलाईन प्रणाली लागु गरिएको शुरुवाती दिनहरुमा केही समस्या भएपनि अहिले कार्य सन्तोषजनक रहेको बताउनु भयो ।

कार्यालयमा चुस्त दुरुस्त सेवा प्रदान गर्ने भनेर इन्टरनेटको प्रयोग भएपनि सेवाग्राहीले दुःख पाउने गरेका छन् । कहिले इन्टरनेटको अभाव त कहिले कम्प्युटरको अभाव या दक्ष जनशक्तिको अभावमा अनलाईन प्रणालीबाट सेवाग्राहीले समयमा आफ्नो कार्य सम्पन्न गर्न पाईरहेका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);