कमल पोखरीको पुनर्निर्माण सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

कमल पोखरीको पुनर्निर्माण सुरु

काठमाडौं, १९ असार । काठमाडौंस्थित कमल पोखरीको पुनर्निर्माणको काम सुरु गरिएको छ ।  बिहीबार कमलपोखरीमा एक कार्यक्रमको आयोजना गरी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो पोखरीको पुनर्निर्माणको कामको शिलान्याश गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै मेयर शाक्यले सो पोखरीलाई ऐतिहासिक रुपमा पुनर्निर्माण गरेर पर्यटनसँग जोड्ने घोषणा पनि गर्नु भयो । उहाँले सो पोखरी पुनर्निर्माणको काम एक वर्ष भित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई सचेत गराउनु भयो । त्यसका लागि काठमाडौं महानगरपालिकाले आवश्यक सबै खालको सहयोग उपलब्ध गराउने मेयर शाक्यको प्रतिवद्धता छ ।

कार्यक्रममा बोल्दै काँग्रेस नेता एवम् पूर्वमन्त्री गगनकुमार थापाले सो पोखरीको पुनर्निर्माणको कामलाई समयमै सम्पन्न गर्नका लागि आवश्यक सक्रियता बढाउन स्थानीयलाई आग्रह गर्नु भयो । उहाँले निर्माण कम्पनीलाई पनि समयमै सो पोखरीको पुनर्निर्माण नगरे कार्वाही गर्ने चेतावनी पनि दिनु भयो ।

पोखरी निर्माणका लागि निर्माण कम्पनीलाई सबैले सहयोग गर्ने पनि नेता थापाले बताउनु भयो । काठमाडौं महानगरपालिका र स्थानीयको सहकार्यमा निर्माण गर्न लागिएको सो पोखरी एक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);