बसन्तपुरको माजु देगः मन्दिरको पुनर्निर्माण सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८३, मंगलबार

बसन्तपुरको माजु देगः मन्दिरको पुनर्निर्माण सुरु

काठमाडौं, १२ कात्तिक । भूकम्पले क्षति पु-याएको काठमाडौंको बसन्तपुरस्थित माजु देगः मन्दिरको पुनर्निर्माण कार्य सुरु गरिएको छ । सोमबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माजु देगः मन्दिरको पुनर्निर्माण कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

हनुमानढोका दरबार संरक्षण कार्यक्रमले आयोजना गरेको कार्यक्रम माजु देगः मन्दिरको माथिल्लो खण्डस्थित शिवलिङगको विशेष पूजा गरेर पुनर्निर्माणको कामलाई औपचारिकता दिइएको हो ।

कार्यक्रममा बोल्दै मेयर शाक्यले मन्दिर पुनर्निर्माणमा लाग्ने खर्च महानगर आफैले व्यहोर्ने उल्लेख गर्दै तोकिएको समयमै सो पुनर्निर्माणको काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षति बनाएको सो मन्दिर पुनर्निर्माणका लागि भ्याट र कन्टिजेन्सीबाहेक ५ करोड ८८ लाख २४ हजार लागत अनुमान गरिएको थियो । तर सानु सुवाल जेभी कम्पनीले ५ करोड ४९ लाख ३५ हजारमा निर्माण गर्ने सम्झौता गरेको छ । २ वर्ष भित्र सो मन्दिरको पुनर्निर्माणको काम सम्पन्न गर्ने समय सीमा पनि तोकिएको छ ।