निर्माण व्यवसायी शरद गौचनलाई गोली हान्ने सुटर पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निर्माण व्यवसायी शरद गौचनलाई गोली हान्ने सुटर पक्राउ

काठमाडौं, १२ कात्तिक । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष सरदकुमार गौचनको हत्यामा संलग्न ३ जना अभियुक्त पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी गौचनको हत्यामा संलग्न लोप्साङ तामाङ, रोशन बुढाथोकी र अम्बर बहादुर रानालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

झापाको काँडडभिट्टामा लुकीछिपी बस्दै आएका तीनै जना फरार अभियुक्तहरुलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

पक्राउ परेका अभियुक्त लोप्साङ तामाङ रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्याका पनि मुख्य अभियुक्त रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

त्यसैगरी राना गौचन हत्याका मुख्य सुटर हुन् । प्रहरीले उनीहरुको साथबाट सामसुङ जे सेभेन मोवाईल एक थान, ओप्पो मोवाईल एक थान, सामसुङ डयूज मोबाईल एक थान जियोक्स मोवाईल पनि बरामद गरेको छ ।

गौचन हत्यामा संलग्न रहेको आरोपमा यस अघि नै समिरसिंह बस्नेतसहित अन्य पक्राउ परिसकेका छन् । गौचनको घर नजिकै नयाँ बानेश्वरस्थित खरिबोटमा २०७४ साल आश्विन २३ गते गोली हानि हत्या गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);