गौचनको हत्यामा संलग्न नौ जना जेल चलान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

गौचनको हत्यामा संलग्न नौ जना जेल चलान

पाँच जना अझै फरार –

काठमाडौं, ९ माघ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा मुख्य योजनाकारसहित नौ जना जेल चलान भएका छन् ।

गौचन हत्याका मुख्य योजनाकार मानिएका समिरमानसिंह बस्नेतसहित नौ जनालाई जेल चलान गरिएको हो । काठमाडौँ जिल्ला अदालतले दुइ जनालाइ भने धरौटिमा छाड्ने आदेश दिएको छ ।

प्रहरीले सोमबार साँझमात्र मुख्य सुटर श्याम गोम्बे गुरुङलाई पक्राउ गरेको छ । अझै कम्तीमा पाँच जना फरार छन् । मनोज पुन, अजय थापा, लोप्साङ तामाङ, रोशन बुढाथोकी र अमरबहादुर राना फरार रहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);