छत्तिस वर्षपछि अभियुक्त जेल चलान | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

छत्तिस वर्षपछि अभियुक्त जेल चलान

जिल्ला अदालत रुकुमले हत्याका फरार एक अभियुक्तलाई ३६ वर्षपछि जेल चलान गरेको छ ।

छत्तिस वर्षपछि अभियुक्त जेल चलान

रुकुम, ४ फागुन । जिल्ला अदालत रुकुमले हत्याका फरार एक अभियुक्तलाई ३६ वर्षपछि जेल चलान गरेको छ ।

जिल्लाको चुनवाङ–४ भेडिडाँडामा २०३७ साल कात्तिक ३ गते भएको चार जनाको सामूहिक हत्याकाण्डका अभियुक्त रुँघा–६ का धनबहादुर खत्रीलाई अदालतले ३६ वर्षपछि जेल चलान गरेको हो ।

घटनाका मुख्य अभियुक्त रुघाँ–६ कै मनबहादुर खत्री भने अझै बेपत्ता रहेको बताइएको छ । उनीहरुले एकै परिवारका चारजनाको हत्या गरेका थिए भने तीनजनालाई घाइते बनाएका थिए ।

सो घटनामा तुलसी खड्का, सर्केनी खड्का, प्रतिमान खड्का र तृथाकुमारी खड्काको हत्या भएको थियो भने उक्त परिवारकै नन्दकुमारी खड्का, भूपबहादुर खड्का र विर्सु खड्का घाइते हुनुभएको थियो ।

घटनामा दोषी पाइएपछि जिल्ला अदालत रुकुमले २०४० साल जेठ ३ गते मनबहादुरलाई सर्वश्वसहित जन्मकैद र धनबहादुरलाई ५ वर्षको जेल सजाय सुनाएको थियो ।

तर घटनाको फैसला हुनुअघि नै क्षेत्रीय अदालतले २०३८ साल साउन १९ मा दुवैलाई तारेखमा छाडेर घटनाको अनुसन्धान गर्न आदेश दिएको थियो । त्यसपछि घटनाका अभियुक्त दुवैजना फरार भएका थिए ।

प्रहरीले गत माघ २७ गते खत्रीलाई आफ्नै घरबाट पक्राउ गरेको थियो । रासस

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);