सामूहिक बलात्कारका एक फरार अभियुक्त आठ वर्षपछि पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सामूहिक बलात्कारका एक फरार अभियुक्त आठ वर्षपछि पक्राउ

काठमाडौं। मोरङमा सामूहिक बलात्कारका फरार अभियुक्तलाई प्रहरीले आठ वर्षपछि पक्राउ गरेको छ । मोरङ याङ्शीलाकी एक युवतीलाई सामूहिक बलात्कार आरोपपछि फरार रहेका केराबारी-८ का अशोक कुमार बस्नेत भनिने गिरिजाप्रसाद बस्नेतलाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ । अदालतले उनलाई फैसला कार्यान्वयनका लागि भन्दै जिल्ला कारागार मोरङ पठाएको छ । २०७१ साल जेठ ९ गते एक १६ वर्षीय युवतीलाई बस्नेतसहित तीन जनाले सामूहिक बलात्कार गरेका थिए । उक्त घटनामा संलग्न अर्का व्यक्ति प्रकाश थापालाई भने प्रहरीले तत्कालै पक्राउ गरेको थियो । अदालतले दोषि ठहर गरेसँगै थापा जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका छन् । घटनामा संलग्न अर्का एक जना फरार रहेको बेलबारी प्रहरीले जनाएको छ ।

केराबारीको एक विद्यालयमा अध्ययन गरेर फर्किने क्रममा थापा र बस्नेतसहितका तीन युवाले ती युवतीलाई मोटरसाइकलमा राखेर पिर्रे जंगलमा लगेर सामूहिक बलात्कार गरेका थिए ।

जिल्ला अदालत मोरङले उनीहरु तीनै जनाविरुद्धको मुद्दामा २०७८ भदौ ३ गते समान हिसाबले २५ हजार जरिमाना र १३ वर्ष कैद हुने ठहर गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);