इटहरीमा युवतीमाथि सामूहिक बलात्कार : तीन जना पक्राउ, दुई फरार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इटहरीमा युवतीमाथि सामूहिक बलात्कार : तीन जना पक्राउ, दुई फरार

pakrau

इटहरी, १५ असोज । युवतीमाथि सामूहिक बलात्कारको आरोपमा तीन जनालाई मंगलबार इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । सोही घटनामा संलग्न दुई जना फरार भएका छन् । पक्राउ पर्नेमा सुन्दरहरैचा–१२ का बसचालक विकास कसई, झापा सुरुङ्गा–४ का सुरज थापा र सिरहाका सुजेन्द्र भुजेल रहेको छ । मोरङ बेलबारीका नितेश घिमिरे र ताके भन्ने सुमन फरार भने रहेको छ ।

इटहरीमा सोमबार मध्यरातमा पाँच युवाको समूहले युवतीलाई सामूहिक बलात्कार गरेको हो । इटहरीको धरान–विराटनगर सडकखण्डको साथी पेट्रोलपम्प नजिक युवतीलाई बलात्कार गरेको थियो ।

धरानबाट को १ ख ४६२६ नंको बसमा हालेर इटहरी ल्याई युवतीलाई रोडको छेउमा पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । युवाहरुको समूहले सडक छेउमै एक युवतीलाई सामूहिक बलात्कार गरेको विषयमा स्थानीयवासीले प्रहरीलाई जानकारी गराएपछि उनीहरु पक्राउ पर्न सफल भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको र पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);