अपांगता भएकी युवती बलात्कार आरोपमा दुईजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अपांगता भएकी युवती बलात्कार आरोपमा दुईजना पक्राउ

बैतडी । बैतडीमा अपांगता भएकी युवती बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका-४ की २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दोगडाकेदार-४ का ५१ वर्षीय गोपीराम चुनारा र ३२ वर्षीय ललित चुनारा छन् । उनीहरूले २७ असार दिउँसो युवतीलाई फकाएर गोठमा लगी बलत्कार गरेको पीडितका आफन्तले बताएका छन् ।

पीडित युवतीको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले बताए । गत साता मात्रै पुर्चौडी नगरपालिकास्थित पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुखले मजदुर महिलालाई बलात्कार गरेको घटना बाहिर आएको थियो । उक्त घटनाका विषयमा अनुसन्धान जारी छ । क्याम्पस प्रमुखले पदबाट राजीनामा दिइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);