बलात्कारको आरोपमा भारतका प्रख्यात धर्मगुरु महाराज पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

एजेन्सी, ८ असोज । भारतका अर्का प्रख्यात धर्म गुरु कहलिएका ढोंगी बाबा युवती बलात्कारको आरोपमा पक्राउ परेका छन् । फलहारी महाराजाको नामबाट प्रख्यात गुरु माथि २१ वर्षीय युवतीमाथि बलात्कार गरेको आरोप पक्राउ परेको बीबीसीले जनाएको छ ।

कानुन विषय पढ्दै गरेकी युवतीलाई महाराजले राजस्थानस्थित आफ्नै आश्रममा बलात्कार गरेको भन्दै उक्त युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् ।

महाराजले उनलाई पढाइका लागि खर्च दिने भन्दै अगष्ट ७ मा आफ्नो आश्रममा बोलाएर बलात्कार गरी प्रहरी उजुरी दिएमा जे पनि हुन सक्ने धम्की समेत दिएका थिए ।

उनले प्रहरीमा सेप्टेम्बर ११मा उजुरी दिएकी थिइन् । सोही उजुरीको आधारमा प्रहरीले महाराजलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुुसन्धान गरिरहेको जानकारीमा आएको छ ।

करिब एक महिना अघि अर्का स्वघोषित बाबा रामरहिमलाई पनि आफ्नै भक्तजनको बलात्कार गरेको आरोपमा २० वर्षको सजाय सुनाइएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);