एक वर्षमा ६० फरार अभियुक्त पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

एक वर्षमा ६० फरार अभियुक्त पक्राउ

लम्जुङ । प्रहरीले चालू आर्थिक वर्षमा ६० फरार अभियुक्तलाई पक्राउ गरेको छ। प्रहरी प्रमुख लमजुङका डिएसपी कृष्णबहादुर कार्कीका अनुसार पक्राउ परेका फरार अभियुक्तमध्ये ४५ जना पुरुष र १५ जना महिला छन् ।उनका अनुसार पक्राउ परेका सबैबाट कुल ३९ वर्ष तीन महिना नाै दिन कैद र एक करोड ३६ लाख १८ हजार नौ सय ९६ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने छ ।

लमजुङ प्रहरीका अनुसार गत आव ०७७-७८ मा ४२ पुरुष र ११ महिला गरी ५३ फरार अभियुक्त पक्राउ परेका थिए । उनीहरूबाट तीन लाख ५३ हजार तीन सय ५० रुपैयाँ जरिवाना र १६ वर्ष ६ महिना तीन दिन कैद असुल गरेको थियो। पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय लमजुङले अभियान नै सञ्चालन गरेर फरार प्रतिवादी पक्राउ गर्दै आएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);