बालयौन दुरुपयोग आरोपमा भक्तपुरबाट ५१ वर्षीय फरार अभियुक्त पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बालयौन दुरुपयोग आरोपमा भक्तपुरबाट ५१ वर्षीय फरार अभियुक्त पक्राउ

भक्तपुर। बालयौन दुरुपयोग आरोपमा भक्तपुरबाट एक जना फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्ने ५१ वर्षीय हरिकृष्ण कोजू रहेका छन् । भक्तपुर जिल्ला अदालतबाट बालयौन दुरुपयोग अपराधमा पाँच हजार जरिवाना र तीन महिना कैद फैसला भई फरार रहेका प्रतिवादीलाई भक्तपुर प्रहरीले पक्राउ गरेको जनाएको छ।  जिल्लाको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ किवाचोक बस्ने ५१ वर्षीय हरिकृष्ण कोजूलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले प्रक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको हो । उनलाई जिल्लाकै सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुचोकबाट नियन्त्रणमा लिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए ।

उनलाई सोमबार भक्तपुर जिल्ला अदालतमा पेश गरिएको जनाइएको ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);