कपिलवस्तुमा कुटपिटबाट वृद्धको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ ३० २०८३, आइतबार

कपिलवस्तुमा कुटपिटबाट वृद्धको मृत्यु

बुटवल। कपिलवस्तुमा सिँचाइ कुलोको विषयमा विवाद हुँदा कुटपिटबाट एक जनाको ज्यान गएको छ। महाराजगञ्ज नगरपालिका–२ पडरियाका ६८ वर्षीय अब्दुल जब्बार धुनियाको कुटपिटबाट उनको मृत्यु भएको हो । स्थानीय अब्दुल हक मुसलमान र उनका छोरा २० वर्षको सम्सुद मुसलमानले धुनिया र ३८ वर्षका अब्दुल रहमानलाई कुटपिट गरेका थिए।

कुटपिटबाट घाइते धुनियाको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो । घटनामा संलग्न बाबु छोरालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालिरहेको जनाएको छ।

Leave a Reply

ताजा समाचार