कुटपिटबाट एक महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

कुटपिटबाट एक महिलाको मृत्यु


सिरहा, भाद्र ३ गते । सिरहाको अर्नामा गाउँपालिकामा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।अर्नामा गाउँपालिका ५ कृष्णपुरको बेलदरी टोलमा स्थानीय राजदेव राउतकी पत्नी ५४ वर्षिया सितादेवी राउतका मृत्यु भएको हो ।

टाउकोमा चोट लागेर अचेत भएकी राउतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ ।

आरसीसी सडक ढलानको विषयमा विवादमा स्थानीय सिताराम राउत, वुधेश्वर राउत, बालदेव साह लगायतले सितादेवी राउतको घरमै पुगेर कुटपिट गरेको थिए । कुटपिटबाट विन्देश्वर देवी राउत, नागेन्द्र कुमार राउत, पूजा कुमारी देवी राउत, रोहित कुमर राउत घाईते भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);