सूर्यमाया आत्महत्या प्रकरण : कुटपिटबाट भएको भन्दै छानबिनका लागि परिवारले दियो उजुरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सूर्यमाया आत्महत्या प्रकरण : कुटपिटबाट भएको भन्दै छानबिनका लागि परिवारले दियो उजुरी

भक्तपुर । भक्तपुरको नगरकोटमा २२ वर्षीया महिलाको मृत्यु आत्महत्याबाट नभई कुटपिटबाट हुनसक्ने आशंका गरी महानगरीय प्रहरी परिसर भक्तपुरमा छानविनका लागि शुक्रबार उजुरी हालिएको छ । मृतकका पतिसहित छरछिमेकले प्रहरी परिसर भक्तपुरमा शुक्रबार दिउँसो उजुरी हालेका हुन् ।

चाँगुनारायण नगरपालिका-६ नगरकोट शमशेर टोल बस्ने सूर्यमाया तामाङले आत्महत्या गरेको प्रहरीले जनाएको थियो । उनले आफ्नै घरको जस्ताको छानोको फलामको बलोमा खादाको पासो घाँटीमा लगाई झुन्डिएर आत्महत्या गरेको भक्तपुर प्रहरीले जनाएको थियो । तर उनका पतिसहितले आत्महत्याबाट नभई आफ्नै परिवारका सदस्यहरुको कुटपिटबाट मृत्यु भएको हुनसक्ने भन्दै प्रहरीमा छानबिनका लागि उजुरी हालेका हुन् । 

स्थानीय अनिल तामाङले डोरी हाल्नै नसक्ने ठाउँंमा डोरी हालेर आत्महत्या गरेको भनी प्रहरीले जनाएको बताए । अनुहार सुन्निएको, शरीरका विभिन्न भागमा निलडाम परेकोलगायतका कारण आत्महत्या नभई कुटपिटबाट हत्या भएको आशंका लागेकाले प्रहरीमा छानविनका लागि उजुरी हालेको उनले बताए । 

मृतकका पतिले झुन्डिएको लास हेर्न पाएको थिएनन् । उनी घरबाट भक्तपुर बजार पुगेका बेला उक्त घटना भएको थियो । पति पुग्दा लासको डोरी काटिसकिएको अवस्थामा थियो । आफन्तका अनुसार मृतकको झगडा पतिका दिदीसँंग भइरहन्थ्यो । त्यसबेला कुटपिट पनि हुन्थ्यो ।  

प्रहरीले भने घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य भइसकको र त्यसबाट आत्महत्या भएको देखिएको जनाएको छ । घटनासम्वन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले बताए ।   

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);