बुहारीको कुटपिटबाट सासुआमाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

बुहारीको कुटपिटबाट सासुआमाको मृत्यु

काभ्रे, १ साउन । बुहारीको कुटपिटबाट सासुआमाको मृत्यु भएको छ । आफ्नै सासु आमा ६२ वर्षीया माईलीमाया तामाङलाई उनकी २४ वर्षीया बुहारी सुन्तली तामाङले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

सासु आमाको हत्या गरेको अभियोगमा धुलिखेल नगरपालिका-१ देविटार बस्ने मृतककी जेठी बुहारी २४ वर्षीया सुन्तली तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको कारण सुन्तलीले सासु आमा माईलीमायालाई कुटपिट गरेको प्रहरीकाे भनाइ छ । बुहारीको कुटपिटबाट गम्भीर घाइते भएकी ६२ वर्षीया माईलीमाया तामाङलाई उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा लगिएको थियो । उनको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले सुन्तली तामाङ र मृतकको छोरा ३५ वर्षीय धावा तामाङ समेतलाई नियन्त्रणमा लिएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);