नाला निर्माण भएको एक साता बित्न नपाउँदै भत्कियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नाला निर्माण भएको एक साता बित्न नपाउँदै भत्कियो

पुजन घिमिरे
झापा, १ साउन । आर्थिक वर्षको अन्त्यमा विनियोजित बजेट खर्च गर्न भ्याईनभ्याई असारे विकास भईरहेका छन् । यस्तो निर्माण कार्यको गुणस्तर परीक्षणका लागि कुनै अनुगमनहरु भएको पार्इंदैन ।

फलस्वरुप यस्ता निर्माण कार्यहरु केही महिना या दिन मात्र टिक्ने गरेको धेरै उदाहरणहरु छन् । यस्तै उदाहरण बनेको छ झापाको भद्रपुर–८ स्थित शान्तिचोक नजिक निर्माण भएको सडकको नाला निर्माण भएको एक साता बित्न नपाउँदै भत्केको छ ।

नाला निर्माण भएको एक साता बित्न नपाउँदै भत्केको छ । चाँडो सकाउने हिसाबले गुणस्तरलाई ध्यान नदिइ बनाएकोले चाँडै भत्केको स्थानीयको आरोप छ ।

भद्रपुर—धुलावारी सडक खण्ड अन्र्तगत भद्रपुर–८ स्थित शान्ति चोक अगाडी झण्डै एक सय मिटर सडकको नाला धसिएर पल्टिएको छ । नाला निर्माण कार्य श्रेष्ठ रसुवा एपेक्स जेभीले सम्पन्न गरेको हो ।

यसै साता निर्माण कार्य सकेर सम्पन्नको प्रतिवेदन सघन सहरी विकास कार्यालय झापालाई बुझाई भुक्तानी दिने तयारी गरिरहेका बेला सडकको नाला भत्किएको हो । अहिले निर्माण कम्पनीले भत्किएको सडक नाला धमाधम निकालिरहेको छ ।

निर्माण अवधिमै नालीको पर्खाल चर्कन थालेपछि कामको गुणस्तरमा स्थानीयले प्रश्न उठाएका थिए । सघन शहरी विकास कार्यक्रम अन्र्तगत भद्रपुरमा ६ वटा प्याकेजमा निर्माण भइरहेको पहिलो, दोस्रो र तेस्रो चरणको काम सम्पन्न भएको भनिएको छ ।

तर, निर्माण सकिएका अन्य स्थानमा समेत नाला भत्कने, चर्कने र धसिने गरेको छ । नियमनकारी निकाय सघन सहरी तथा भवन निर्माण आयोजना भने निर्माण कम्पनीको बचाउ गर्दै उक्त नाला वर्षात्का कारणले ढलेको दाबी गर्दैछ ।

बहुवर्षे आयोजना अन्र्तगत ६ वटा प्याकेजमा २५ वटा योजनाका कामहरू पक्की नाला निर्माण सहित सडक विस्तार भईरहेको छ । दुई अर्व रुपैयाँमा पाँच वर्ष भित्र भद्रपुर नगरपालिका भित्र रहेका साना तथा साँघुरा सडक फराकिला बन्ने निर्धारित लक्ष्य छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);