सडक विस्तारको क्रममा गुणस्तरहीन सामानको प्रयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सडक विस्तारको क्रममा गुणस्तरहीन सामानको प्रयोग

sadak

सुरेन्द्र भण्डारी
झापा, ३० चैत
। झापाको भद्रपुर नगरपालिकाले ‘सघन शहरी विकास कार्यक्रम’ अन्तर्गत नालासहितको सडक विस्तारको काम गरिरहेको छ । तर विस्तारका क्रममा निर्माण कम्पनीले कमसल सामग्रीको प्रयोग गरेको पाइएको छ । नाला बनाएको एक दिनमै नाला चर्किन र भत्किन थालेको छ ।

नेपाल सरकारको ‘सघन शहरी विकास कार्यक्रम’ अन्तर्गत भद्रपुर नगर क्षेत्रमा २ सय करोडको नालासहितको सडक विस्तारको काम भइरहेको छ । तर निर्माण कम्पनीले सडक विस्तारको क्रममा गुणस्तरहीन सामाग्रीको प्रयोग गरेको पाइएको छ ।भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठसहितको टोलीले अनुगमन गरेर काम रोक्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको थियो । तर नगर प्रमुख श्रेष्ठले दिएको आदेशको धज्जी उडाउँदै निर्माण कम्पनीले गुणस्तरहीन कामलाई नै तिव्रता दिएको हो ।

निर्माण गरिएको नाला र सडक चर्किन र भत्किन थालेको स्थानीयको गुनासो छ । कमसल सामाग्रीको प्रयोगबारे निर्माण कम्पनीलाई ध्यानकर्षण गराउँदा उल्टै थर्काउने गरेको स्थानीयको भनाई छ ।

श्रेष्ठ-रसुवा-एपेक्स जेभी काठमाडौले नगरको झण्डै २३ किलोमिटर पक्की नाला बनाउन ८३ करोड ८० लाख रुपैयामा ठेक्का पाएको हो । निर्माण कम्पनीले पनि नाला बनाउने काम युगल कन्ट्रक्सन उर्लाबारीलाई दिएको छ । निर्माण कम्पनीले कमसल सामाग्रीको प्रयोग गरेर अनियमितता गरेको आरोप लगाउँदै सथानीयले अनुसन्धान गरि कारबाही गर्न माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);