महिना नपुग्दै भत्कियो धनगढी चक्रपथ, मिलेमतोमा गुणस्तरहीन काम भएको पुष्टि | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

महिना नपुग्दै भत्कियो धनगढी चक्रपथ, मिलेमतोमा गुणस्तरहीन काम भएको पुष्टि

dhangadhi chakrapatha sadak

काठमाडौं, ३१ साउन । धनगढी उपमहानगरपालिकामा बनाइएको चक्रपथ एक महिना नपुग्दै भत्किन थालेको छ । सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढीमा निर्माण गरिएको चक्रपथको ८ दशमलब ९ किलोमिटर खण्ड एक महिनामै भत्किनुले गुणस्तरहीन काम भएको पुष्टि भएको छ ।

निर्माणाधीन चक्रपथको धनगढी उपमहानगरपालिका–३ मा सम्पन्न भएको ८ दशमलब ९ किलोमिटर खण्ड एक महिना नपुग्दै भत्किएको हो । ४२ किलोमिटरको चक्रपथ सघन सहरी विकास कार्यक्रमअन्तर्गत निर्माण भइरहेको छ । निर्माण सम्पन्न भएको भन्सारदेखि राजपुरसम्मको खण्डको बीच बीचमा तथा नाला किनारामा कालोपत्रे दबिने र भत्किने गरेको स्थानीय बताउँछन्् ।

नागरिक समाजका अगुवा प्रमोद पाठक भन्छन्, ‘सबैको मिलेमतोमा गुणस्तरहीन सामाग्री प्रयोग गरिएका कारण सडक भत्किन थालेको हो ।’यो समाचार आजको नागरिक दैनिकमा दिलबहादुर छत्याल र पुष्पराज जोशीले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);