पिच गरेको चार महिनामै रोल्पाको शहिदमार्ग सडक जीर्ण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पिच गरेको चार महिनामै रोल्पाको शहिदमार्ग सडक जीर्ण

sadak jirna

एलबि मगर
रोल्पा, १२ बैशाख
। रोल्पाको शहिदमार्ग सडक पिच गरेको चार महिना पनि नपुग्दै उप्किन थालेको छ । निर्माण कम्पनीले गुणस्तरहीन सामाग्रीको प्रयोग गरेको कारण पिच गरेको चार महिना पनि नपुग्दै उप्किन थालेको हो ।

पिच गरेको चार महिना पनि नपुग्दै रोल्पाको शहिदमार्ग सडक जीर्ण भएको छ । सडक पिच गर्ने जिम्मा पाएको शिल प्यासेफिक जेभी कन्स्ट्रक्सन निर्माणले गुणस्तरहीन सामाग्रीको प्रयोग गरेका कारण पिच गरेको चार महिना पनि नपुग्दै उप्किन थालेको हो । पिच गरेको चार महिनामै सडक जीर्ण हुँदा दुर्घटानाको जोखिम बढेको छ । तर सम्बन्धित निकाय भने मौन बसेका छन् ।

दाङको घोराहीदेखि रोल्पाको थबाङहुँदै रुकुम जोडने शहिदमार्गको घोराही होलेरी सडक खण्डको ३१ किलोमीटर सडक पिच गर्ने काम ४ बर्षअघि सुरु भएको हो । तर अहिलेसम्म ११ किलोमिटर मात्र सडक पिच भएको छ । काम सुस्त गतिमा । हुनुका साथै पिच गरिएको सडक पनि उप्किन थालेकाले अनियमितता भएको स्थानीयको आशंका छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);