असारे विकास : कास्कीका सडक धमाधम पिच | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

असारे विकास : कास्कीका सडक धमाधम पिच

उमा आले मगर
पोखरा, १७ असार । जब असार लाग्छ तब सडक पीच तथा बाटो मर्मतको काम देशभरी नै शुरु हुन्छ । यो क्रम हरेक वर्ष हुने गर्छ । यसपाली पनि वर्षभरी काम गर्न चाँसो नदिने सरकारी निकायहरु अहिले गाउँ सहरमा धमाधम पीच गरी बजेट सक्दैछन् ।

सडक राम्रो बनाउनु भन्दा पनि बजेट सक्नकै लागि यी काम हुने गरेको आरोप सरकार तथा सडक विभागलाई लाग्ने गर्दछ । तर सडक विभाग भने सर्बसाधारणबाट आउने यस्ता आरोप निराधार भएकाे बताउँछ ।

सडक डिभिजन पोखराले हेर्दै आएको स्याङजा र कास्कीको पोखरामा पर्ने हाइवेमा यतिवेला सडक मर्मत कार्य धमाधम भइरहेको छ । सडकमा कालोपत्रे गर्ने, गिटी विच्छ्याउने, सडक फराकिलो र चाक्लो पार्ने जस्ता कामहरु भइरहेका छन् ।

चालु आर्थिक वर्षमा सडक विभागले तीनवटा शीर्षकलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको सडक डिभिजन पोखराका प्रवक्ता इन्जिनियर पवित्रमणि आचार्यले जानकारी दिनुभयो ।

अहिले असारको मध्य समय, मनसुनको समय । कहिले बर्षा हुन्छ या हुँदैन अड्कल गर्नै गाह्रो छ । तर यही समयमा सडक विभागले ठाउँठाउँमा सडकहरु पिच गरिरहेको देख्न सकिन्छ । अनि सर्वसाधारणहरु सरकारले हरेक बर्ष बजेट सकाउन आर्थिक बर्षको अन्त्यमा भ्याईनभ्याई पिच गर्ने आरोप लगाउँछन् । पिच गरेको सबै पानीले बगाउने गरी झरीको मौसममा सडक पिच गर्ने गुनासो सर्वसाधारणले बर्षाैँदेखि गर्दै आईरहेका छन् ।

पोखरामा चालु आर्थिक वर्ष २०७५/०७६ मा छुट्याइएको बजेट मध्ये हालसम्म ४५ करोडको काम भइसकेको छ । मिर्दि भिमाद सडक र वयरघारी ठूली भञ्ज्याङ सडक पिच गर्ने काम भइरहेको छ भने केवरे भञ्ज्याङ चापाकोट सडक निर्माण कार्य भइरहेको छ । यसरी असार पुगेपछि मात्र सडक पिच गर्नतिर लाग्नुलाई जनताहरुले असारे बजेटको संज्ञा दिएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);