नीजि आवास पुनर्निर्माण सम्बन्धि अनुदान दिने कार्यविधि पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नीजि आवास पुनर्निर्माण सम्बन्धि अनुदान दिने कार्यविधि पारित

punarnirman

काठमाडौं, १७ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भई प्राविधिकहरु खटिनुपूर्व बनाइएका निजी घरका घरधनीलाई एकमुष्ट ३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

प्राधिकरणको कार्यकारी समितिको मंगलबारको बैठकले प्राविधिक खटिनुपूर्व बनेका घरहरुलाई निजी आवास पुनर्निर्माण अनुदान रकम उपलब्ध गराउनेसम्बन्धी कार्यबिधि पारित गरेसँगै ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने बाटो खुलेको हो ।

निर्देशक समितिले यस सम्बन्धमा गरेको निर्णयअनुरुप द्रुतगतिमा अनुदान उपलब्ध गराउन भन्दै कार्यकारी समितिले कार्यबिधि पारित गरेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

पारित कार्यबिधि अनुसार अनुदान प्राप्त गर्न प्राधिकरणले प्राविधिक परिचालन गर्नुपूर्व नै उक्त घर पुनर्निर्माण भएको र लाभग्राही बसिरहेको भनी स्थानीय तहबाट प्रमाणित हुनु पर्नेछ । ४ लाख ७४ हजार लाभग्राहीले तेस्रो किस्ता लिइसकेका छन् भने ४ लाख २३ हजार घर पुनर्निर्माण सम्पन्न भइसकेको छ ।

त्यसैगरी २ लाख ११ हजार घर पुनर्निर्माणको क्रममा रहेका प्राधिकरणले जनाएको छ । प्राधिकरणले अहीलेसम्म प्राविधिक खटिनपुर्व १२ हजार घर बनेको तथ्यांक प्राप्त भएको पनि जनाएको छ । त्यसैगरी थप तथ्यांक आउने क्रममा रहेको र त्यसलाई पनि समावेश गरेर एकमुष्ट अनुदान उपलब्ध गराउने प्राधिकरणको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);