विपत न्युनिकरणका लागि बाँकेमा सशस्त्र प्रहरी तयारी अवस्थामा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विपत न्युनिकरणका लागि बाँकेमा सशस्त्र प्रहरी तयारी अवस्थामा

बाँके, १७ असार । वर्षायाममा बाँकेमा बाढीले पु-याउन सक्ने क्षति न्यूनिकरण गर्न सशस्त्र प्रहरी बलले आफनो जनशक्ति तयारी अवस्थामा राखेको छ ।

विशेष गरी वर्षायाममा राप्ती नदी तथा विभिन्न खोलानालाले बाँकेमा डुबान हुने र धन जनको क्षति हुने गरेको छ । यस्तो विपद्बाट बच्न शसस्त्र प्रहरी बलले आफ्ना ४९ जना सुरक्षा कर्मीलाई पुनर्ताजकी तालिमका साथै राप्तीसोनारी गाउँपालिकाको राप्ती नदीको अघैयाघाटमा प्रयोगात्मक अभ्यास गराएको छ ।

प्रदेश न. ५ मा आवश्यकता अनुसार प्रहरीलाई तयारी अवस्थामा राखेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० हेडक्वाटर बाँकेका प्रहरी उपरिक्षक भेषबहादुर शाहले जानकारी दिनु भयो ।

हरेक बर्ष हुने क्षतिलाई न्युनीकरण गर्न राप्तीसोनारी गाउँपालिका अन्तर्गत विपद् व्यवस्थापन समितिले बाढीको पूर्व तयारी अवस्थामा रहेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिनुभयो । हरेक बर्ष बाढीका कारण बाँके वर्दियामा हुने विपद्लाई लक्षित गरेर शम्शेरगंजमा सुरक्षा वेश पनि राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);