बाँकेमा जिप दुर्घटनाः चालकको मृत्यु, तीन जना घाइते  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बाँकेमा जिप दुर्घटनाः चालकको मृत्यु, तीन जना घाइते 

बाँके । बाँकेको राप्तीसोनारी गाँउपालिका–२ झुरीखोलामा जिप दुर्घटना हुँदा आज चालकको मृत्यु भएको छ । जिपमा सवार ३ जना यात्रु घाइते भएका छन ।सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–४ का ५५ बर्षीय कृष्ण प्रसाद खतिवडाको मृत्यु भएको हो ।

काठमाण्डौ आउदै गरेको बाग्मती प्रदेश ०१ ०२८ च  ००४४ नम्बरको टाटासुमो जिप आज बिहान सवा ७ बजे अनियन्त्रीत भएर पल्टिदा चालक सहित ४ जना घाइते भएका थिए ।

घाइतेहरुलाई उपचारको लागी मेडिकल कलेज कोहलपुर लगिएकोमा  उपचारकै क्रममा चालकको भने बिहान ८ बजे मृत्यु भएको हो । घाइते भएका मध्ये बीरेन्द्रनगर नगरपालिका ७ का २२ बर्षीय शिसिर ज्ञवालीको अवस्था गम्भिर रहेको छ भने अन्य २ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);