बारामा जिप दुर्घटना, एक जनाको मृत्यु १२ जना घाइते  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बारामा जिप दुर्घटना, एक जनाको मृत्यु १२ जना घाइते 

बारा  । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१  आधाभार जंगलमा बिहीबार बिहान जिप दुर्घटना हुदा चालकको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका–११ का २५ वर्षीय लोकनाथ सेढाई रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरा स्थित अल्पाईन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका जिपमा सवार १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । आज बिहान पौने ९ बजे सिमराबाट हेटौडातर्फ आउँदै गरेको बा १९ च ४३७७ नम्बरको जिप अनियन्त्रित भइ पल्टिएको ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);