धनगढी उपमहानगरले चालु आर्थिक बर्षमा ९९ करोड आम्दानी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

धनगढी उपमहानगरले चालु आर्थिक बर्षमा ९९ करोड आम्दानी

dhangadi

कैलाली, १२ बैशाख । कैलालीको धनगढी उपमहानगरपालिकाले चालु आर्थिक बर्षको चैतमसमान्तसम्म ९९ करोड धन्दा धेरै आम्दानी गरेको छ । उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरि चैतमसमान्तसम्म आन्तरिक र बाह्रय गरि ९९ करोड ४१ लाख ९५ हजार आम्दानी गरेको जानकारी गराएको हो ।

आन्तरिक श्रोतबाट ६ करोड ९६ लाख १८ हजार र बाह्रय श्रोतबाट ९२ करोड ४५ लाख ७७ हजार आम्दानी गरेको प्रशासकिय अधिकृत भरतमणी पाण्डेले जानकारी दिए । पत्रकार सम्मेलनमा उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले धनगढीलाई स्मार्ट सिटी बनाउने काम सुरु भएको बताए ।

प्रमुख वडले उपमहानगरपालिकाका १९ वटा वडा मध्ये १२ वडामा वडा कार्यालय स्थापना भएको र बाँकी वडामा कार्याल संचालनको तयारी अन्तिम चरणमा पुगेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);