निजगढ नगरपालिकाले ४० करोड भुक्तानी दिन नसक्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

निजगढ नगरपालिकाले ४० करोड भुक्तानी दिन नसक्ने

श्याम गुप्ता,
बारा । बाराको निजगढ नगरपालिकाले गत आर्थिक वर्ष २०७७-७८ मा ९७ करोड २१ लाख ८० हजार बराबरको बजेट प्रस्तुत गरेको थियो । तर, बजेटको आकार आम्दानी भन्दा अधिक भएकै कारण विभिन्न शिर्षकमा सम्पन्न भएका योजनाहरूको १७ करोड भुक्तानी दिन नसकेको हो ।

गत आर्थिक वर्षमा संघिय सरकार, प्रदेश सरकार र नगरपालिकाको समेत गरि ८० करोड १ लाख ८२ हजार आम्दानी रहेको थियो । नगरपालिकाले आफ्नों आम्दानीको श्रोत भन्दा १७ करोड बढिको बजेट बनाए कै कारण भुक्तानी गर्न नसकिएको नगरपालिका श्रोतले जानकारी दिएको छ ।

यसबाट पाठ सिकेर यस आर्थिक वर्षमा सन्तुलित आकारको बजेट नगरपालिकाले प्रस्तुत गर्छ भन्ने धेरैले आशा गरेको भए पनि पहिला कै गल्तीलाई दोर्याउँदै नगरपालिकाले चालु आर्थिक वर्ष २०७८÷७९ को लागि १ अर्ब ९ करोड ४० लाखको बजेट प्रस्तुत गरेको छ ।

गत आर्थिक वर्षको भुक्तानी हुँन बाँकी रकमको भार समेत चालु आर्थिक वर्षमा थपिएको छ । तर, आम्दानीको रकममा भने खासै वृद्घि हुँने अवस्था भने छैन ।

चालु आर्थिक वर्षमा नगरपालिकाको अनुमानित आम्दानी ७० करोड ३० लाख ३८ हजार रहेका छ । जसले गर्दा ४० करोड बराबरको योजना तथा कार्यक्रमहरुको कार्यान्वयन र भुक्तानी हुँने अवस्था देखिदैन । भने गत आर्थिक वर्षको १७ करोड यस आर्थिक वर्षमा भुक्तानी दिदा करिब ५७ करोड भुक्तानी दिनु पने हुँन्छ ।

नगरपालिकाको प्रमुख आम्दानीको श्रोत संघिय तथा प्रदेश सरकार राजश्व वाँडफाँड (रजिष्ट्रेसन, नदी जन्य पदार्थ अत्खनन् तथा निकासी कर र यातायात राजश्व) बाट प्रस्तावित बजेट ४३ करोड ५१ लाख २ हजार रहेको छ ।

नगरपालिकाको प्रस्तावित बजेटमा आन्तरिक आम्दानी १६ करोड ९८ लाख भए पनि उठाउँन मुस्किल रहेको छ । यस बाहेक घर जग्गा कर र अन्य आयबाट थोरै राहत हुँने भए पनि करिब ४० करोड भुक्तानी दिन सम्भव नहुँने नगरपालिका श्रोतले जानकारी दिएको छ ।

यसरी असन्तुलित बजेट प्रस्तुत गर्दै जाने हो भने घाटा बजेटको दुष्परिणामका कारण आगामी तीन चार वर्षको बजेटलाई समेत असर गर्ने विज्ञहरुको भनाई रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);