प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम कामै नगरी बाँडफाँड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम कामै नगरी बाँडफाँड

सप्तरी । सप्तरीको विष्णुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता भएको स्थानीय आरोप लगाएका छन् ।

गाउँपालिकाको सातवटै वडामा १५-१५ जना छनौट गरी एक दुई दिनमात्र काम लगाएर मजदुरहरूसँग खाली चेकमा हस्ताक्षर गराएर पाँचदेखि २० हजार रूपैयाँ दिएर जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा आधा भन्दाबढी रकम अनियमितता गरेको स्थानीय ६३ वर्षीय विन्देश्वर यादवले आरोप लगाए ।

आर्थिक वर्ष २०७७-०७८ मा प्रधानमन्त्री रोजगारी कार्यक्रम अन्तर्गत गाउँपालिकामा आएको ५२ लाख ५० हजार रूपैयाँ गाउँपालिकाको सातवटै वडाको भागमा सात लाख ५० हजारको दरले लागेको थियोे ।

स्थानीय जनप्रतिनिधिले आफन्त, कार्यकर्ता र नातागोताका अधिकांश व्यक्ति चयन गरी कामै नगराई मिलोमतोमा रकम बाँडफाँड गरेर झ्वाम पारेको यादवको भनाइ छ। ‘के कति काम भएको छ, अनुगमन गरी सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्नुपर्ने माग हामीले गरेका छौँ’, उनले भने ।

वडा नं. ७ का ५५ वर्षीया योगेन्द्र यादवले भने, ‘प्रधानमन्त्री रोजगारीका लागि आएको रकम काम गराएर दिनुपर्थ्यो। काम भएको छैन, रकम सकिएको छ ।’

‘एक दुई दिनबाहेक कसैले कुनै काम गरेको छैन, जबकि एउटा मजदुरले ९० दिन काम गर्नुपर्ने हुन्छ, त्यसबापत उसले कर कट्टा गरी ४५ हजार रुपैयाँ पाउँनुपर्ने हुन्छ । त्यस्तो भएको छैन’, स्थानीयहरु बताउँछन् ।

खाता सबैको खोलियो, पैंसा पनि बैंकमा हालियो । तर, खाली चेकमा हस्ताक्षर गराई कर्मचारीले आफैँ उठाएर दिएको स्थानीय राजेन्द्र मण्डलले बताए ।गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवकाअनुसार काम गर्ने सबैको खातामा पैसा गएको छ । खाली चेकमा कसैले हस्ताक्षर गराएको छैन ।

‘जसले जतिदिन काम गरेको छ, उसले त्यति दिनको पैसा पाएको छ । यस सम्बन्धमा कुनै मजदुर कुनै गुनासो लिएर आएको छैन । कसैले कुनै गुनासो लिएर आयो भने समस्या बुझी दिन्छु । कार्यविधिअनुसार वडा कार्यालयको सिफारिसमा उनीहरूको खातामा रकम जम्मा गर्न लगाएका हौं’, अध्यक्ष यादवले भने ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);