विकास निर्माणमा नवराजपुर गाउँपालिकाको लापरबाही : पहिले ठेकेदारलाई पूरै रकम भुक्तानी गर्ने, पछि काम लगाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विकास निर्माणमा नवराजपुर गाउँपालिकाको लापरबाही : पहिले ठेकेदारलाई पूरै रकम भुक्तानी गर्ने, पछि काम लगाउने

सिरहा । सिरहाको नवराजपुर गाउँपालिकामा जनप्रतिनिधि तथा कर्मचारी र उपभोक्ता समितिको मिलेमतोमा योजना सम्पन्न नै नगरी लाखौ रकम निकासा गरेको पाइएको छ । कर्मचारी तथा जनप्रतिनिधिहरूको मिलेमतोमा प्रदेश सरकारको ससर्त अनुदानअन्तर्गत दुइटा योजनाको रकम कामै नगरी भुक्तानी गरिएको स्थानीयले बताएका छन् । गत आर्थिक बर्ष ०७७/७८ मा मझौरास्थितको रामजानकी दलित आधारभूत विद्यालयको निर्माणाधीन अधुरो भवन निर्माणका लागि १५ लाख रूपैयाँ प्रदेश सरकारको ससर्त अनुदानबाट छुट्टयाइएको थियो, तर उक्त योजनाको काम नै नगरी रकम भुक्तानी गरिएको स्थानीय सोतिराम यादवले बताए ।

सोही आर्थिक वर्षमा मझौरा हुँदै बरगाहीदेखि पटनासम्मका लागि माटो र ग्राभेलका लागि २० लाख रूपैयाँ विनियोजन गरिएको थियो । तर उक्त योजनाको रकम पनि उपभोक्ता समितिले कामै नगरी बिल भरपाइ पेस गरेर कर्मचारीको सेटिङमा रकम निकासा गरेको स्थानीय शिवउदगार यादवले बताए । ‘ग्राभेलको रकम निकासा गत आर्थिक वर्षमै सम्पन्न भयो, तर माटो सम्याउने काम अहिले भइरहेको छ,’ स्थानीय राजकुमार यादवले भने ।

कुनै पनि योजनाको काम सम्पन्न भएपछि मात्र भुक्तानी दिने व्यवस्था छ । तर, उपभोक्ता समितिहरूले फर्जी बिल भरपाई बनाई जनप्रतिनिधि तथा कर्मचारीहरूसँगको मिलेमतोमा रकम निकासा गर्नु र भुक्तानीसमेत भइसकेका योजनाको काम पाँच महिन पछि गर्नु कानुनी अपराध भएको यादवको भनाइ छ । उपभोक्ता समिति अध्यक्ष जिवछकुमार यादवले कामै नगरी बिल भरपाई पेस गरेर गाउँपालिकाबाट रकम निकासा गरिसकेको स्वीकार गरेका छन् ।

उनले भने, ‘असारमा मसान्तको समय भएकाले कर्मचारी र जनप्रतिनिहरूसमेतले मलाई अहिले यो रकम निकासा गरेर पछि काम गर्दा पनि हुन्छ भनेपछि स्टिमेटअनुसार विल भरपाई पेस गरी रकम निकासा गरिएको हो । असार मसान्तको समय थियो, काम गर्न खोजे पनि वर्षाले दिएन, पैसा फ्रिज नहोस् भनेर कर्मचारी तथा जनप्रतिनिधिहरूको आग्रहमा गाउँपालिकामा बिल भरपाई पेस गरी रकम निकासा गरेको हो ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);