हरेक पालिकामा अस्पताल : जग त राखियो तर जमीनमाथि आएनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

हरेक पालिकामा अस्पताल : जग त राखियो तर जमीनमाथि आएनन्

जाजरकोट । असोज हरेक पालिकामा १५ शैय्याको अस्पताल बनाउने भन्दै अघिल्लो सरकारले बजेट बिनियोजना गरेको थियो । आर्थिक वर्ष २०७७/०७८ को बजेटमै देशभरका स्थानीय तहलाई बजेट व्यवस्था गरेको घोषणा भएको थियो । अस्पताल निर्माण गर्ने भनेर केही स्थानमा तामझामका साथ शिलान्यास पनि भयो । तर, शिलान्यस भएका अधिकांश स्थानमा कुनै पनि जनप्रतिनिधि फर्किएर समेत गएका छैनन् ।

अधिकांश पालिका स्तरीय अस्पताल/स्वास्थ्य संस्थाको जग राखिए पनि जमीनमाथि ठडिने सुरसारसम्म छैन । जिल्लाको नलगाड, बारेकोट, छेडागाड, शिवालय र जुनिचाँदेमा निर्माण गर्न लागिएका स्वास्थ्य संस्थाको जग नै हालिएको छैन । एक वर्षअघि नै नलगाडस्थित पालिका अस्पतालको स्तरोउन्नती नाम दिएर पूर्व वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका थिए ।

नयाँ भवन निर्माण नबनिरहेको बेला पुरानो भवन मर्मत गरी सेवा थपको नाममा उद्घाटन गरिएको थियो । यहाँ १५ शैय्याको अस्पताल निर्माण गर्न संघीय सरकारबाट अघिल्लो वर्ष २२ करोड दुई लाख ६३ हजार पाँच सय ५८ रुपैयाँ आएको थियो । जग्गा अभावका कारण पाँचपटक डिजाइन परिवर्तन गरेर गत १० असारमा बोलपत्र आह्वान भएको थियो । तर अहिलेसम्म भवन निर्माणका लागि सम्झौता नभएको सवईन्जिनियर जनक खड्काले बताए । बारेकोट गाउँपालिका यस्तै, मन्त्री बस्नेतले बारेकोट गाउँपालिकामा अस्पताल निर्माण गर्नेगरी शिलान्यास गरेका थिए । तर, अहिलेसम्म भवनको जग समेत खनिएको छैन ।

बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहका अनुसार सम्झौता भइसके पनि काम शुरु भएको छैन । वर्षायाम सकिए लगत्तै र जग्गाको विवाद मिलेपछि काम सुरु हुने अध्यक्ष शाहको भनाइ छ । भवन निर्माणका लागि १८ करोड बजेट बिनियोजना भएको छ । निजी विद्यालयमा नगरपालिकाको अस्पताल छेडागाड नगरपालिकाले स्थानीय निजी विद्यालयमा १५ शैय्याको अस्पताल चलाएको छ । विद्यालयको तीन वटा कोठाबाट अस्पतालले स्वास्थ्य उपचार सेवा दिइरहेको छ । बर्खायाममा भवनभित्र पटकपटक बाढी पसेर सेवा अवरुद्ध हुने गरेको छ ।

यो अस्पताल पनि तत्कालिन स्वास्थ्य राज्यमन्त्री नवराज रावतले गरेका थिए । भवन निर्माणका लागि आएको २२ करोड दुई लाख ६३ हजार पाँच सय ५८ रुपैयाँबाट बोलपत्र आह्वान भएको थियो । तर एक वर्ष बितिसक्दा पनि अस्पतालको जग समेत खनिएको छैन । शिवालय गाउँपालिका शिवालय गाउँपालिकामा निर्माण हुन लागेको १० शैय्याको स्वास्थ्य संस्थाको अवस्था पनि उस्तै छ । १८ करोड रुपैयाँमा १० शैय्याको अस्पताल बनाउने योजनाका साथ काम शुरु भए पनि अहिलेसम्म जगसम्म निर्माण हुन सकेको छैन । जुनिचाँदे गाउँपालिका जुनिचाँदे गाउँपालिकाले अहिलेसम्म अस्पताल निर्माणका लागि बोलपत्र आह्वान नै गरेको छैन । दोस्रोपटक स्वास्थ्य मन्त्रालयको निर्माणअनुसार जुनिचाँदेमा स्वास्थ्य संस्था बनाउन बजेट बिनियोजन गरिएको थियो ।

डिपिआर नै नभएको गाउँपालिकाकी कावा अध्यक्ष शिवा आचार्यले बताए । कतै जग्गा अभाव त, कतै डिजाइन नमिलेको भन्दै काममा ढिला भएको पालिकाहरूले जनाएका छन् । संघीय सरकारबाट आएको बजेट समेत समयमा स्थानीय सरकारले खर्च गर्न नसकेको यी केही उदाहरण मात्रै हुन् । बहुवर्षे काम हो भन्दै भवन छिटो निर्माण गर्ने कुरामा आनाकानी भइरहेको स्थानीयवासी बताउँछन् । ‘नेताहरू बिरामी हुँदा महंगा शहरमा गएर उपचार गराहाल्छन्, हाम्रो पहुँचमा भएका स्वास्थ्य संस्था निर्माण गर्ने सुरसार नै छैन,’ बारेकोट गाउँपालिका–५ प्रेम सिंहले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);