प्रधानमन्त्री रोजगार कार्यक्रम : खर्च नहुँदा बजेट फ्रिज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री रोजगार कार्यक्रम : खर्च नहुँदा बजेट फ्रिज

PM-Rojgar-Karyakram

काठमाडौं, २८ साउन । सिन्धुलीमा प्रधानमन्त्री रोजगार कार्यक्रमको रकमसमेत फ्रिज भएको छ। बेरोजगार युवालाई कम्तीमा एक महिनाको रोजगार दिने उद्देश्यले ०७५/७६ मा पहिलो पटक जिल्लामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम फ्रिज भएको हो।

घ्याङलेख गाउँपालिकाका लागि आएको १३ लाख रुपैयाँको कुनै काम हुन नसकेको गाउँपालिका अध्यक्ष जगतबहादुर भोलनले बताए। गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको संयोजक नियुक्त भई नआउँदा कामै हुन नसकी रकम फ्रिज भएको उनले जानकारी दिए। ‘गाउँपालिकाका लागि उक्त कार्यक्रमको संयोजक नियुक्त गरेर नपठाउँदा कुनै पनि काम गर्न सकिएन। बेरोजगार युवाले रोजगार कार्यक्रमको अनुभूति गर्न पाएनन्,’ उनले भने।

बेरोजगारका लागि काम गरेर नुन, भुटुन खान सजिलो होस् भन्ने उद्देश्यले सरकारले बजेट पठाए पनि रोजगार संयोजक उपलब्ध नहुँदा फ्रिज भएको उनले बताए। घ्याङलेख गाउँपालिकामा मात्र दुई हजार ५ सय बेरोजगारले आवेदन दिएका थिए। जिल्लामा करिब ३ करोड ८३ लाख रुपैयाँ भने नाला सफा गरेर, झार उखेलेर र ग्राभेल बिच्छ्याएर सकिएको छ।

यस्तो रकम पनि पहुँचवाला भीआईपी बेरोजगारहरूले मात्र पाएको बेरोजगारहरूको गुनासो छ। राजनीतिक दल, स्थानीय तहका नेता र वडाध्यक्षहरूसँग पहुँच राख्नेहरू एक महिना काम गरेर पैसा लिए पनि गरिब र बेरोजगारले काम नपाएको उनीहरूले बताए। आर्थिक वर्षको अन्त्यमा लाखौं रुपैयाँ खर्च गरिए पनि एक साता आएको बाढी र भेलले सबै क्षति पुर्‍याएको स्थानीयले गुनासो गरेका छन्। यो समाचार आजको अन्नपुर्ण दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);