समाजवादी र राजपाबीच तत्काल एकीकरण नहुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

समाजवादी र राजपाबीच तत्काल एकीकरण नहुने

rajapa

काठमाडौं, २८ साउन । समाजवादी र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल)बीच एकीकरण गर्ने भनिए पनि तत्काल नहुने भएको छ । दुई पार्टीका शीर्ष नेताबीच छलफल जारी रहे पनि केही विषयमा कुरा नमिलेपछि तत्काल एकीकरण नहुने देखिएको हो ।

एकीकृत पार्टी नेतृत्व, निर्वाचन प्रणाली, सरकारलगायतका विषयमा सहमति जुट्न सकेको छैन । एकीकरणपश्चात् शीर्ष नेता व्यवस्थापन कसरी गर्ने, संसद्बाट निर्वाचित प्रधानमन्त्रीय प्रणाली कि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, निर्वाचन प्रणाली पूर्ण समानुपातिक कि मिश्रित विषयमा सहमति जुट्न नसकेको हो ।

यसैगरी, सरकारमा सहभागी समाजवादीले ‘एकीकरणअघि सरकार छोड्ने कि पश्चात् ?’ भन्नेबारे पनि सहमति हुन नसकेको स्रोतले जनायो । राजपा एकीकरणपश्चात् महन्थ ठाकुर १ नम्बरको नेता हुनुपर्ने, संसद्बाट निर्वाचित प्रधानमन्त्रीय प्रणाली, निर्वाचन प्रणाली मिश्रित हुनुपर्ने र एकीकरणअघि नै समाजवादीले सरकार छोड्नुपर्ने अडानमा छ । यद्यपि, समाजवादी भने महन्थ ठाकुरलाई १ नम्बरको नेता अस्वीकार गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, निर्वाचन प्रणाली पूर्ण समानुपातिक र एकीकरणपछि सरकार छोड्ने वा नछोड्ने निर्णय एकीकृत पार्टीले गर्ने अडानमा छ ।

स्रोतका अनुसार राजपा अध्यक्षमण्डलमा रहेका ६ नेतामध्ये ठाकुर र महतो तथा समाजवादी अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवसहितको चार सदस्यीय अध्यक्षमण्डल बनाउनुपर्नेमा शीर्ष नेताबीच सहमति भएको छ । तर, यी चारै जनाको रोलक्रम विषयमा सहमति जुट्न बाँकी नै रहेको स्रोतको दाबी छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);