राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण

rajapa ra samajbadi yekata

काठमाडौं, ११ वैशाख । राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीबीच एकीकरण गर्ने सहमति भएको छ । बुधबार राति अवेरसम्म चलेको छलफलमा पार्टी एकता गर्ने सहमति भएको हो । सहमतिमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा राजपबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्रराय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका गर्नुभएको छ भने समाजवादीबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । सहमति जुटेसँगै एकीकृत पार्टीको नाम जनता समाजवादी, नेपाल राखिएको छ । पार्टीको झन्डा समाजवादीको र चुनाव चिन्ह राजपाको राख्ने पनि सहमति भएको छ ।

पार्टीको वरीयता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राख्दै लामो समयदेखि एकीकरण प्रक्रियामा रहेको राजपा र समाजवादीले सहमति बनेको हो ।

यद्यपि, समाजवादी पार्टीकी नेतृ रेणु यादवलगायत केही नेता यस प्रक्रियामा असहमत रहेको जनाइएको छ । पार्टीलाई आज नै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता तयारी समेत गरिएको छ । समाजवादी पार्टीमा १७ जना सांसद छन् भने राजपासँग १७ जना सांसद छन् ।

राजपाका १७ सांसदमा रेशम चौधरी निलम्बनमा छन् । दल विभाजन खुकुलो हुनेगरी आएको अध्यादेशको त्रासले मध्यरातमा राजपा र समाजवादी पार्टीबीच एकता भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);