जनता समाजवादी पार्टीको एकीकरण बदर गर्न सर्वोच्चमा रिट दर्ता | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८३, सोमबार

जनता समाजवादी पार्टीको एकीकरण बदर गर्न सर्वोच्चमा रिट दर्ता

काठमाडौँ। जनता समाजवादी पार्टी जसपाको एकीकरण बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टी नेपालबीच भएको एकीकरण प्रारम्भदेखिनै त्रुटीपूर्ण र कानूनविपरीत भएको भन्दै अधिवक्ता हृदयराज मिश्रले सर्वोच्चमा रिट दायर गरेका हुन्।

राजपाका तत्कालीन उपाध्यक्ष राजपकुमार थापाको तर्फबाट अधिवक्ता मिश्रले दायर गरेको रिटमा जसपा एकीकरण खारेज गरी साविकको राजपा र समाजवादी पार्टी कायम गर्न माग गरेका छन् ।

मुद्दाको अन्तिम टुंगो नलागेसम्म जसपाको राजनीतिक क्रियाकलाप, सदस्य हेरफेर तथा अन्य सबै कामकारवाही यथास्थितिमा राख्न तथा राजनीतिक गतिविधिको सिलसिलामा हुने कुनै पनि निर्णयलाई रोक्नका लागि मुद्दालाई अग्राधिकार दिन माग गरिएको छ ।

Leave a Reply

ताजा समाचार