यथाशीघ्र न्यायाधीशको पदपूर्ति गर्न माग गर्दै सर्वोच्चमा रिट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

यथाशीघ्र न्यायाधीशको पदपूर्ति गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, १३ साउन । सर्वोच्च अदालतमा रिक्त दुई जना न्यायाधीशको यथाशीघ्र पदपूर्ति गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

अधिवक्ता दिपक बिक्रम मिश्रले मुद्दाको चाँप बढेको र त्यसको समयमै फस्र्यौट गर्न असर परिरहेको दावी गर्दै तत्काल सर्वोच्च अदालतको २ जना रिक्त न्यायाधीशको पदपूर्तिका लागि न्याय परिषद सचिवालयसँग माग गर्दै आईतबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सर्वोच्च अदालतमा संवैधानिक व्यवस्था अनुसार प्रधानन्यायाधीश सहित २१ जना न्यायाधीशहरुको दरबन्दी रहेपनि २ जना न्यायाधीशहरुको पदपूर्ति हुन सकेको छैन । रिट निवेदनमा समयमै मुद्दाहरु फस्र्यौट गर्नुपर्ने भएकाले तत्काल रिक्त न्यायाधीशहरुको पदपूर्ति गर्न न्यायपरिषद सचिवालयसँग माग गरिएको सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए ।

त्यसैगरी सर्वोच्च अदालतमा आईतबार नै पशुपंक्षी ढुवानीको उचित व्यवस्था गराउन माग गर्दै अर्को रिट पनि दायर गरिएको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा नागरिकको स्वच्छ रुपमा माशु खान पाउने अधिकार सुनिश्चित हुने गरी ढुवानीको व्यवस्था गर्न कृषि तथा पशुपंक्षी मन्त्रालयलाई परमादेश दिन माग गर्र्दै रिट दायर गरेका हुन् ।

रिटमा पशुपक्षी ढुवानी कार्य अत्यन्तै अमानवीय र क्रूर हुँदै आएको दावी पनि गरिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता कालाखेतीले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);