सहकारी मार्फत कृषिको आधुनिकीकरण : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सहकारी मार्फत कृषिको आधुनिकीकरण : प्रम ओली

काठमाडौं १३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी मार्फत कृषिको आधुनिकीकरण गर्न सहज हुने बताएका छन् । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्ल लगायत तीनजना सहकारी कर्मीलाई नेपाल कम्यूनिष्ट पार्टीमा प्रवेश गराउंदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

सरकारले भूउपयोग सम्बन्धी नीति बनाएर कृषि उत्पादनको वृद्धी गर्ने उनले बताए । सहकारी मार्फत सामुहिक खेतीको अवधारणा ल्याउनु पर्नेमा प्रधानमन्त्रीको जोड छ ।

संविधानसभामा नेपाली काँग्रेसका तर्फबाट सभासद भएकी मल्लले काँग्रेस प्रजातान्त्रिक पार्टी नरहेको र नेकपामा प्रजातान्त्रिक वातावरण भएकोले पार्टी प्रवेश गरेको बताइन् । मल्लका साथमा सहकारीकर्मीहरु विजयसुन्दर खड्का र रीता बराल पनि नेकपामा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिब बिष्णु पौडेल, स्थायी समिति सदस्य बिष्णु रिमाल, केशव वडाल लगायतको उपस्थिती थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);