कृषि क्षेत्रको उत्पादन चार गुणा वृद्धि गर्ने प्रधानमन्त्रीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कृषि क्षेत्रको उत्पादन चार गुणा वृद्धि गर्ने प्रधानमन्त्रीको घोषणा

काठकाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रको उत्पादन चार गुणा वृद्धि गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले सहकारीको माध्यामबाट मात्रै नेपालको कृषि उत्पादनलाई वृद्धि गर्न सकिने स्पष्ट पारे । बुधबार काठमाडौंमा दोस्रो सहकारी सम्मेलनको उद्घाटन गर्दै उनले पछाडि परेको कृषि क्षेत्रलाई अघि बढाउन सहकारी क्षेत्रको महत्व र आवश्यक्ता अपरिहार्य रहेको बताए ।

प्रधानमन्त्री ओलीले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायिकीकरण गर्न पनि सहकारी क्षेत्रको विकल्प नरहेको बताए । उनले सहकारी क्षेत्रले दिँदै आएको प्रतिफलको चर्चा गर्दै यस क्षेत्रको आवश्यक्ता नेपालका लागि विशेष रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले सरकारले टुक्रिएको जमिनलाई एकीकृत गर्दै कृषि उत्पादनमा वृद्धि गर्न चाहेको बताए । सहकारी आन्दोलनको महत्व र आवश्यक्ता नेपालका लागि विशेष रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मर्यादित रोजगारीको अवसर सृजना गर्न सहकारी क्षेत्रले सशक्त योगदान दिन सक्ने बताए । उनले संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि सरकारले सहकारी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने नीति लिएको बताए । अर्थमन्त्री खतिवडाले सरकारले आर्थिक लोकतन्त्रको भरपुर उपयोग आम नागरिकले गर्ने अवस्था सृजना गर्न खोजिरहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);