कृषिले नै कोरोनाका कारण अर्थतन्त्रमा परेको असर कम गर्न सम्भव : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कृषिले नै कोरोनाका कारण अर्थतन्त्रमा परेको असर कम गर्न सम्भव : प्रधानमन्त्री ओली

pm kp sharma oli

काठमाडौ, १५ असार ।  राष्ट्रिय धान दिवसको अवसरमा सोमबार शुभकामना सन्देश दिदैं प्रधानमन्त्री ओलीले कृषि क्षेत्रको विकास र वृद्धि नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार भएको भन्दै ओलीले उत्साहका साथ धान दिवस मनाउन आह्वान गर्नुभएको हो ।

सन्देशमा प्रधानमन्त्री ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गरेर नै कोरोनाका कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने उल्लेख गर्नुभएको छ ।

उहाँले कृषि क्षेत्रमा क्रान्ति ल्याउन कृषिको आधुनिकीकरण, व्यवसायीकरण र मेसिनीकरण आवश्यक रहेको शन्देशमा उल्लेख गर्नुभएको छ । राष्ट्रिय अर्थतन्त्रमा धानको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारले धानको उत्पादन वृद्धि गरी दीगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाइने चलन रहेको छ । यस वर्ष राष्ट्रिय धान दिवसको नारा ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ तय गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);