आज ४० औं विश्व खाद्य दिवस मनाइदै | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

आज ४० औं विश्व खाद्य दिवस मनाइदै

काठमाडौं, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले अर्थतन्त्र र सीमान्तकृत किसानलाई अझ बढी नकारात्मक असर पारेको बताउनुभएको छ ।शुक्रबार विश्व खाद्य दिवसका अवसरमा शुभकामना दिँदै उहाँले कोरोना महामारीको नकारात्मक असरबाट कृषि क्षेत्रलाई बचाउन र खाद्य सुरक्षा तथा उपलब्धताको सुनिश्चितताका लागि अग्रसर हुन आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले कृषि क्षेत्रको उत्पादकत्व वृद्धि तथा दिगो विकासको लक्ष्य प्राप्त गर्न खाद्य दिवसले अवसर सिर्जना गर्ने विश्वास व्यक्तसमेत गर्नुभएको छ । साथै कृषि तथा खाद्य सुरक्षासम्बन्धी विषय संघ, प्रदेश र पालिकाको अधिकार सूचीमा रहेको भन्दै तीनै तहका सरकारको समन्वयात्मक प्रयास हुनुपर्नेमा उहाँको जोड छ ।

‘विश्व खाद्य दिवसः हाम्रो पहल दिगो कृषि, पोषिलो आहार’ नाराका साथ यस वर्ष ४० औं विश्व खाद्य दिवस आज नेपालमा पनि मनाइँदैछ । दिवसका अवसरमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग र कृषिका लागि खाद्य अभियानको सहकार्यमा सप्ताहव्यापी कार्यक्रम समेत आयोजना गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);