मुलुकभित्रै उपलब्ध खाद्य पदार्थलाई व्यवस्थित गर्न सकिएन : मन्त्री खनाल | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

मुलुकभित्रै उपलब्ध खाद्य पदार्थलाई व्यवस्थित गर्न सकिएन : मन्त्री खनाल

काठमाडौं, २९ असोज । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले मुलुकभित्रै उपलब्ध खाद्य पदार्थलाई व्यवस्थित गर्न नसकिएको बताउनुभएको छ ।

३९ औं विश्व खाद्य दिवसको सन्दर्भमा बुधबार कृषि विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले मुलुकभित्रै आवश्यक खाद्य पदार्थ उपलब्ध भएपनि त्यसको समुचित व्यवस्थापन गर्न नसकिएको बताउनुभएको हो ।

भौगोलिक बनाबट, क्षेत्रगत रुपमा विद्यमान ऐतिहासिक कारण लगायतले खाद्य सुरक्षाको बारेमा पर्याप्त ज्ञान भएकाले त्यसको समुच्च व्यवस्थापनमा पनि समस्या देखिएको उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो “खाद्य सन्दर्भमा आवश्यक खाद्य पदार्थ हुँदै नभएको त होइन तर त्यसलाई व्यवस्थित गर्न नसकिएको चाँही हो । त्यसको पछाडि केही हाम्रा ऐतिहासिक कारणहरु छन् । समाजको बनौट, हाम्रा विभिन्न डाँडापाखा, दुरदराजमा बनेका गाउँ वस्तीहरु र त्यहाँ उत्पादन हुने रैथाने जातका उत्पादनहरु र ती जातहरुलाई अहिलेको सन्दर्भमा के चीज कमी छ के बढी छ ? समुच्च के चाहीने ? भन्ने त्यत्ति राम्रो जानकारी पुग्न सकेको छैन । अव्यवस्थित खाने शैली छ । कोही खान नपाएर र कोही बढी खाएर मर्ने स्थिति रहेको छ ।”

उहाँले खाने शैलीमा परिवर्तन ल्याउनुको साथै खाद्य वितरण प्रणालीलाई पनि सुधार गर्नुपर्ने बताउनुभयो । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन स्थापनाको सम्झनामा सबैलाई खाद्य सुरक्षा तथा पोषणबारे जानकारी गराउने उद्देश्य साथ विश्व खाद्य दिवस १ सय ५० देशले मनाउँदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);